सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

-


     मर्दी न्युज    
     चैत्र २ गते २०८२ मा प्रकाशित


स्थानीय बजारमा आज सुनको मूल्य बढेको छ । आज सुन तोलामा एक सय रुपैयाँले बढेर तीन लाख नौ हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

आइतबार सुन तोलामा तीन लाख नौ हजार चार सय रुपैयाँमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर पाँच हजार २६५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । आइतबार चाँदी तोलामा पाँच हजार २७० रुपैयाँमा कारोबार भएको थियो  ।