
काठमाडौँ । पछिल्लो २४ घण्टामा विभिन्न प्राकृतिक विपद् घटनामा चार जनाको मृत्यु भएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सो अवधिमा ७३ वटा विपद् घटना दर्ता भएका थिए। हावाहुरीका कारण दुई, चट्याङका कारण एक र सर्पदंशका कारण एक जनाको ज्यान गएको प्राधिकरणले जनाएको छ।
उदयपुरमा सोमबार साँझको हावाहुरीले कटारी नगरपालिका-८ का मिनामाया तामाङ र कटारी-५ का ६४ वर्षीय वीरेन्द्र चौधरीको मृत्यु भएको थियो। सोही घटनामा पाँच जना घाइते भएका थिए।
समग्रमा, पछिल्लो २४ घण्टामा १४ जना प्राकृतिक विपदबाट घाइते भएका छन्।

