
गण्डकी प्रदेश सभाको अधिवेशन आह्वान गरिएको छ।
प्रदेश प्रमुख डिल्लीराज भट्टले प्रदेश सरकार, मन्त्रिपरिषद्को सिफारिसमा यही चैत ८ गतेदेखि सुरु हुने गरी अधिवेशन आह्वान गरेका प्रदेशसभा सचिवालयले जनाएको छ।
चैत ८ गते आइतबार दिउसो १:०० बजेदेखि प्रदेशसभा भवन पोखरामा अधिवेशन बस्ने सचिवालयद्वारा मंगलवार जारी सूचनामा उल्लेख छ।

