बन्दीपुरमा केबलकार गेट अगाडि ट्रक पल्टिँदा दुई जना घाइते

-


     मर्दी न्युज    
     चैत्र ५ गते २०८२ मा प्रकाशित


पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको बन्दिपुर गाउँपालिका–४ स्थित केबुलकार गेट नजिकै ट्रक दुर्घटना भएको छ । अनियन्त्रित भएर ट्रक दुर्घटनाग्रस्त भएको हो ।

आँबुखैरेनीबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १९६३ न. को मालवाहक ट्रक अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । 

दुर्घटनामा ट्रकमा सवार दुई जना घाइते भएका छन् । उनीहरूको डुम्रेस्थित अस्पतालमा उपचार भइरहेको छ।