
स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा पाँच हजार चार सय रुपैयाँले घटेर तोलामा तीन लाख दुई हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाइको छ ।
बुधवार सुनको मूल्य प्रतितोला तीन लाख सात हजार सात सय रुपैयाँमा कारोबार भएको थियो ।
यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा १४० रुपैयाँले घटेर पाँच हजार १० रुपैयाँमा कायम भएको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ कायम भएको थियो ।

