बालेन नेतृत्वको सम्भावित मन्त्रिपरिषद् : १५ मन्त्रीका नाम चर्चामा

-


     मर्दी न्युज    
     चैत्र १३ गते २०८२ मा प्रकाशित


काठमाडौँ । बालेन्द्र साह (बालेन) नेतृत्वको प्रस्तावित मन्त्रिपरिषदमा १५ जनाको नाम चर्चामा आएको छ ।

सरकार गठनको तयारीसँगै विभिन्न मन्त्रालयको जिम्मेवारी सम्हाल्ने सम्भावित व्यक्तिहरूको सूची आन्तरिक छलफलमा तयार भएको बताइएको छ । यद्यपि, उक्त सूची औपचारिक रूपमा सार्वजनिक भइसकेको छैन ।

चर्चामा आएका नामहरू यस प्रकार छन्–
बालेन्द्र साह (बालेन) – प्रधानमन्त्री, स्वर्णिम वाग्ले – अर्थ मन्त्रालय, सोविता गौतम – कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय, शिशिर खनाल – परराष्ट्र मन्त्रालय, विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय, सुदन गुरुङ – गृह मन्त्रालय, अमरेश कुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय
प्रतिभा रावल – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, गीता चौधरी – कृषि तथा पशुपन्छी विकास मन्त्रालय, विक्रम तिमल्सिना – सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, दिपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सस्मित पोखरेल – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय, खडक पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, निशा मेहता – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय छन् । यस्तै उपसभापति डीपी अर्याललाई प्रतिनिधि सभाको सभामुख बनाउने विषयमा सहमति नजिक पुगेको छ ।

उक्त नामहरूबारे अन्तिम निर्णय भने सत्ता गठबन्धनभित्रको थप छलफलपछि हुने बताइएको छ