
काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई पक्राउ गर्न बाक्लो संख्यामा प्रहरी टोली भक्तपुरको गुण्डुस्थित निवास पुगेको छ । टोली लिखित आदेश र जरुरी पक्राउ पुर्जीसहित पुगेको विशेष स्रोतले जनाएको छ ।
निवासमा रातिदेखि नै कार्यकर्ता तथा नेताहरूको उपस्थिति बाक्लिएको छ ।
नयाँ सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले तयार पारेको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।

