चैत १९ मा संघीय संसद् अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय

-


     मर्दी न्युज    
     चैत्र १६ गते २०८२ मा प्रकाशित


काठमाडौँ । सरकारले संघीय संसद्को नयाँ अधिवेशन आह्वानका लागि चैत १९ गतेको मिति प्रस्ताव गर्दै राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त मितिमा संसद् अधिवेशन सुरु गर्ने प्रस्ताव अघि बढाउने निष्कर्ष निकालेको एक मन्त्रीले जानकारी दिएका छन्।

संवैधानिक व्यवस्थाअनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले संघीय संसद्को अधिवेशन आह्वान गर्ने व्यवस्था रहेको छ।