डुम्रे-बेँसीसहर सडक दैनिक आठ घण्टा बन्द हुने

-


     मर्दी न्युज    
     चैत्र २० गते २०८२ मा प्रकाशित


दमौली (तनहुँ) । डुम्रे बेँसीसहर सडकअन्तर्गत तनहुँको भानु नगरपालिकाको कुकुदी- तुरतुरे खण्ड दैनिक आठ घण्टा बन्द हुने भएको छ । 

भानु नगरपालिका–३ कुकुर्दीदेखि तुरतुरेसम्मको सडक विस्तारका निम्ति यही चैत २१ देखि ३० गतेसम्म दैनिक आठ घण्टा सडक अवरुद्ध गरी काम गर्न लागिएको हो । 

जिल्ला प्रशासन कार्यालयका अनुसार मध्याह्न १२:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म र बेलुका ५:०० बजेदेखि  राति ९:०० बजेसम्म सडक बन्द हुनेछ । उक्त कार्यालयले वैकल्पिक सडक प्रयोग गर्न सम्बद्ध सबैलाई आग्रह गरेको छ ।