सुनचाँदीको मूल्यमा सामान्य वृद्धि

-


     मर्दी न्युज    
     वैशाख २ गते २०८३ मा प्रकाशित


नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । आज सुन तोलामा दुई हजार नौ सय रुपैयाँले बढेर तीन लाख दुई हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ  । 

मंगलबार सुन तोलामा दुई लाख ९९ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी १५५ रुपैयाँले बढेर तोलामा पाँच हजार २२० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । मंगलबार चाँदी तोलामा पाँच हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।