
पोखरा । पोखरा बसपार्क क्षेत्रका सुकुम्बासीले सरकारले विकल्प नदिएसम्म हाल बसिरहेको ठाउँ कुनै पनि हालतमा खाली नगर्ने चेतावनी दिएका छन् ।
सोमवार उनीहरुले पोखरामा ३५ दिने सूचनाको विरोध गर्दै ¥यालीसमेत गरेका छन् ।
त्यसअघि पोखरा महानगरपालिकाले सार्वजनिक जग्गाका अनधिकृत संरचना हटाउन ३५ दिने अल्टिमेटम जारी गरेको थियो ।
उनीहरुले सडकमा विरोध गर्दै ३५ दिने सूचना खारेज गर्न माग गर्दै नाराबाजी गरेका छन् ।

