आजको मौसम: कोशी र गण्डकी प्रदेशमा वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख २२ गते २०८३ मा प्रकाशित


पहाडी र हिमाली भूभागमा साधारणतया बादल लाग्नेछ भने तराईमा आंशिक बादल लाग्नेछ । 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार आज कोशी र गण्डकी प्रदेशका केही स्थानहरू तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपात हुने छ ।  

 त्यसैगरी, आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा  साधारणतया बादल लाग्नेछ भने बाँकी प्रदेशमा आंशिक बादल लाग्नेछ । कोशी, मधेस र बागमती प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा हुने छ भने बाँकी प्रदेशका एकदुई स्थानमा मेघगर्जन, चट्याङसहित मध्यम वर्षा/हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।