संघीय संसद् बैठक आह्वान, वैशाख २८ गते दुवै सदन बस्ने

-


     मर्दी न्युज    
     वैशाख २२ गते २०८३ मा प्रकाशित


राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का प्रतिनिधि सभा र राष्ट्रिय सभा दुवैको बैठक बोलाउने निर्णय गरेका छन्।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले आगामी वैशाख २८ गते दिउँसो २ बजे संसद्को दुवै सदनको अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो। सोही सिफारिसका आधारमा राष्ट्रपति पौडेलले औपचारिक रूपमा अधिवेशन आह्वान गरेका हुन्।

राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यका अनुसार तोकिएको मितिमा दिउँसो २ बजेबाट दुवै सदनको बैठक प्रारम्भ हुने छ।