यी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

-


     मर्दी न्युज    
     वैशाख २३ गते २०८३ मा प्रकाशित


हाल नेपालमा पश्चिमी र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।

हाल मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश लगायत बाँकी हिमाली र पहाडी भू–भागमा साधरणतया बादल लागेको छ भने बाँकी तराई भू-भागमा आंशिक बादल लागेको छ । कोशी र बागमती प्रदेशको एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश लगायत बाँकी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्ने र बाँकी तराई भू-भागमा आंशिक बादल लाग्ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्यांगसहित मध्यम सम्मको वर्षा र हिमपातको सम्भावना रहेको छ। 

आज राति कोशी प्रदेश लगायत देशका पहाडी र हिमाली भू-भागमा साधरणतया बादल लाग्नेछ र बाँकी भू-भागमा आंशिक बादल लाग्नेछ। कोशी प्रदेशको केही स्थानहरूमा, मधेस तथा बागमती र गण्डकी  प्रदेशका हिमाली र पहाडी भू-भागका थोरै स्थानहरूमा चट्यांगसहित मध्यम वर्षा तथा बाँकी प्रदेशका हिमाली भू-भागका  एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।