
सेयर बजार मापन गर्ने नेप्से परिसूचक आज बढेको छ ।
साताको कारोबारको अन्तिम दिन नेप्से परिसूचक १६ दशमलव ३८ अङ्कले बढेर २७५८ दशमलव ४९ विन्दुमा पुगेर बन्द भएको हो।
आजको बजारमा कूल ३३६ कम्पनीका १ करोड ८ लाख कित्ता सेयर किनबेच भएका छन्।
यसक्रममा कूल ४ अर्ब ४८ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।

