
आइसीसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ । नेपालले आज अमेरिकालाई पराजित गरेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई १२२ रनले पराजित गरेको हो । आज विहान टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले ३१७ रनको योगफल बनाएको थियो ।
३१८ रनको विजयी लक्ष्य लिएर मैदानमा उत्रिएको अमेरिकाले ४१ दशमलव २ ओभरमा अल आउट हुँदै जम्मा १९५ रन मात्र जोड्यो ।
नेपालका लागि इशान पाण्डेले सर्वाधिक ८४ रन बनाए । यसैगरी दिपेन्द्र सिंह ऐरीले ५९, रोहित पौडेलले ४६ र आशिफ शेखले ४३ रन बनाए ।
अमेरिकाका लागि शुभम रन्जनेले ३ विकेट लिएका थिए ।
यसअघि भएको पहिलो खेलमा नेपालले अमेरिकालाई ६ विकेटले पराजित गरेको थियो ।

