
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले जेन-जी आन्दोलनका क्रममा भएका घटनासम्बन्धी अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ।
भदौ २३ र २४ गते सञ्चालन भएको आन्दोलनका क्रममा भएका मानवअधिकार उल्लंघनसम्बन्धी विषयको अध्ययनपछि आयोगले प्रतिवेदन तयार गरी सार्वजनिक गरेको हो।
आयोगले नेपाल प्रहरीका आईजीपी (तत्कालीन एआईजी) दानबहादुर कार्कीसहितका प्रहरीलाई विभागीय कारबाही गर्न सरकार सिफारिस गरेको छ।
त्यस्तै भदौ २३ गते बानेश्वर र संसद् भवन क्षेत्रमा फिल्डमा खटिएका नेपाल प्रहरी, सशस्त्र प्रहरी बल तथा राष्ट्रिय अनुसन्धान विभागका फिल्ड कमाण्डरहरूलाई पनि विभागीय कारबाही सिफारिस गरिएको छ।
यस्तै आयोगले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पूर्व गृहमन्त्री रमेश लेखक र पूर्वसूचना तथा सञ्चार मन्त्री पृथ्वी सुब्बा गुरुङले मानव अधिकार उल्लंघन गरेको ठहर गरेको छ ।
आयोगले त्यसबेला सरकारको नेतृत्वमा रहेका ओली, लेखक र गुरुङलाई मानव अधिकार उल्लंघनकर्ताका रुपमा किटान गर्दै कारवाही सिफरिस गरेको हो ।
यस्तै आयोगले पूर्वन्यायाधीश एवम् जेनजी आन्दोलन जाँचबुझ आयोगका अध्यक्ष गौरीबहादुर कार्कीमाथि पनि अनुसन्धान गर्न सिफारिस गरेको छ।
प्रदर्शनका दौरान र प्रदर्शन पश्चात जेनजी प्रदर्शनका सम्बन्धमा अभिव्यक्ति दिएको भन्ने सामाजिक सञ्जालबाट देखिएको आयोगको ठहर छ।
हेर्नुहोस् पूर्णपाठ

