
नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेका गण्डकी प्रदेशका दुई हजार चार सय ३१ व्यावसायिक फर्मलाई कानुनी कारवाही गरिएको छ ।
नापतौल यन्त्रको अनियमित तथा अवैध प्रयोग गरेमा नापतौल ऐन, २०२५ र उपभोक्ता संरक्षण ऐन, २०७५ अनुसार कानुनी कारबाही गरिएको गुणस्तर तथा नापतौल कार्यालय पोखराका प्रमुख मनोज पोखरेलले जानकारी दिए।
गण्डकी प्रदेशमा पर्ने कास्की, गोरखा, लमजुङ, स्याङ्जा, तनहुँ, मनाङ, मुस्ताङ, पर्वत, म्याग्दी र बागलुङ जिल्लाका व्यावसायिक फर्मका सञ्चालकलाई उक्त ऐनअनुसार कारबाही गरिएको हो ।
त्यसैगरी सो कार्यालयले नयाँ कारोबारका लागि एक हजार ७८ र पुरानो २८ वटा व्यावसायिक फर्मलाई नवीकरण गरी नापतौलयन्त्र प्रयोग गर्न अनुमतिपत्र प्रदान गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०८२/०८३ मा विभिन्न शीर्षकबाट रु ७८ लाख ५२ हजार नौ सय ६७ राजस्व संकलन गरेको छ ।

