नारायणगढ-मुग्लिन सडकको खहरे खोलामा पुन:पहिरो

-


     मर्दी न्युज    
     श्रावण १२ गते २०८३ मा प्रकाशित


नारायणगढ-मुग्लिन सडक खण्डको खहरे खोलामा पुनः सुक्खा पहिरो खसेको छ ।

आज बिहान ८:३० बजे खसेको पहिरो दिउँसो १:१५ बजे पन्छाएर सञ्चालनमा ल्याइएको थियो । दिउँसो २:५० बजे पुनः पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

डिभिजन सडक कार्यालय चितवनका इञ्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो पन्छाउन कम्तिमा २ घण्टा लाग्ने छ ।

पहिरो खस्ने जोखिम अझै कायमै रहेको उनले जानकारी दिए। पहिरो खसेसँगै पुनः सवारीसाधन रोकिएका छन् । पहिरो पन्छाउने कार्य सुरु गरिएको उनले बताए । चालीस मिटर माथिबाट ढुंगासहितको सुक्खा पहिरो खसेको छ ।

यो सडक काठमाडौँको लाइफलाइनका रूपमा रहेको छ । यस सडक हुँदै दैनिक १० हजार बढी सवारीसाधन आवतजावत गर्ने गर्दछन् ।