पछिल्लो २४ घण्टामा ५८१ जना कोरोना संक्रमण, १६० जना डिस्चार्ज

-


     मर्दी न्युज    
     भाद्र १ गते २०७७ मा प्रकाशित


पोखरा, १ भदौ । पछिल्लो २४ घण्टामा थप ५ सय ८१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २७ हजार २ सय ४१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । सोमवारसम्म ९ हजार ६ सय ३९ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ११ हजार ५ सय २० जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख २९ हजार ४ सय २७ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी सोमवारसम्म क्वारेन्टाइनमा १५ हजार १ सय ९८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १६० जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १७ हजार ४ सय ९५ रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: