तनहुँकी कोरोना संक्रमित महिलाको पोखरामा मृत्यु

-


     मर्दी न्युज    
     भाद्र २ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा । तनहुँबाट उपचारका लागि कास्की सेवा हस्पिटलमा आएकी एक ५० वर्षीय महिलाको गएराति मृत्यु भएको छ । ५० वर्षीया ती महिलाको सोमबार राति मृत्यु भएको पोखरा महानगरपालिका स्रोतले बतायो ।

मृत्युपछि मंगलबार बिहान उनमा कोरोना पोजेटिभ रहेको रिपोर्ट आएको छ । तनहुँको व्यास नगरपालिका १ घर भएकी उनको स्वाब भने पहिल्यै संकलन गरिएको थियो । साउन ३२ गतेबाट उपचारका लागि कास्की सेवा अस्पतालमा भर्ना भएकी उनलाई कोरोनाको लक्षण देखिएपछि उनको पिसिआर परीक्षण गरिएको थियो ।

ती महिलामा मुटु र सुगरको समस्या रहेको अस्पताल स्रोतले जानकारी दिएको छ । उनको शव नेपाली सेनाले व्यवस्थापन गर्नेछ ।

उनीसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६ पुगेको छ । यसअघि मृत्यु हुनेमा स्याङ्जाका २, बागलुङ, कास्की र गोरखाका १/१ जना छन् ।



Tags: