
पोखरा, ४ भदौ । पोखरा महानगरपालिकाका ५ जनासहित गण्डकी प्रदेशमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ ।
प्रदेश क्षयरोग उपचार केन्द्र, पोखरा गरिएको परीक्षणमा कास्कीको पोखरा महानगरपालिका ५ का २ जना र ८ का १ जना महिला गरी ३ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
यस्तै तनहुँ जिल्लाको भानु नगरपालिका ६ का १ ३७ वर्षीय पुरुष र वडा नखुलेको २८ वर्षीय अर्का पुरुष गरी २ जना र स्याङ्जाको गल्याङ नगरपालिकाका वडा नखुलेको ४० वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएको शर्माले बताए ।
योसँगै गण्डकी प्रदेशमा १ हजार ८ सय १८ जना कोरोना संक्रमितको संख्या पुगेको छ ।
संक्रमित सबैलाई सम्बन्धित जिल्लाको आइसोलेसन वार्डमा लैजाने तयारी भइरहेको निर्देशनालयले जनाएको छ ।

