२४ घण्टामा ६३४ जना कोरोना संक्रमण, संक्रमित संख्या ३१ हजार नाघ्यो

-


     मर्दी न्युज    
     भाद्र ६ गते २०७७ मा प्रकाशित


पोखरा, ६ भदौ । पछिल्लो २४ घण्टामा थप ६ सय ३४ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमितमध्ये १८२ महिला र ४५२ पुरुष रहेका छन् र

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार १ सय १७ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । शनिवारसम्म १२ हजार ६ सय २१ जना संक्रमितको उपचार भइरहेको मन्त्रालयले जनाएको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा १२ हजार ५ सय १९ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ५ लाख ९२ हजार ४ सय १८ जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी शनिवारसम्म क्वारेन्टाइनमा ११ हजार ६ सय ५८ जना रहेका छन् । पछिल्लो २४ घन्टामा १३६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या १८ हजार ३ सय ५० रहेको प्रवक्ता डा गौतमले बताए ।



Tags: