
फाइल तस्विर
पोखरा, ८ भदौ । नेपालमा कोरोना भाइरस (कोभिड–१९) संक्रमणबाट गत २४ घण्टामा थप ८ जनाको मृत्यु भएको छ । योसँगै मृतकको कुल संख्या १५७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार सुनसरीका ६८ वर्षीय पुरुष, मोरङका ६५ वर्षीय महिला, पर्साका ७० वर्षीया महिला, काठमाडौंका ४८ वर्षीया महिला, रुपन्देहीका ६७ वर्षीया महिला र रुपन्देहीकै ३८, ५३ र ५४ वर्षका तीन पुरुष गरी ८ जना रहेको प्रवक्ता गौतमले बताए ।

