
नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले चिकित्सकलाई निरुत्साहित नगर्न अपिल गरेका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मंगलबार कुरा गर्दै अध्यक्ष कार्कीले चिकित्सकलाई घृणा र दुरदुर नगर्न अपिल गरेको हो । उनले कोरोना भाइरसबाट जुनसुकै व्यक्ति पनि संक्रमित हुन सक्ने बताउँदै बिरामी भएपछि अस्पतालमा उपचार गर्ने चिकित्सक नै हुन् भन्ने कुरा नबिर्सन पनि आग्रह गरे ।
उनले राजधानीलगायत देशका विभिन्न ठाउँमा चिकित्सकविरुद्ध भइरहेको गतिविधिले मनोबल घटाउने हुँदो त्यस्तो कार्य नगरिदिन आग्रह गरे । चिकित्सकविरुद्ध नभई कोभिड १९ विरुद्ध लड्न उनले अपिल गर्दै सामाजिक दुरी कायम गरी अगाडि बढ्न आग्रह गरे ।

