
नेपालस्थित विश्व स्वास्थ्य संगठनका प्रतिनिधि डा. जोस भ्यान्देलियरले नेपालमा अझै केही समय कोरोना भाइरसको संक्रमण बढ्ने बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियिमत कोरोना ब्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले राखेको जिज्ञासामा डा भ्यान्देलियरले नेपालमा संक्रमणको सुरुवात मात्रै भएकाले अझै केसहरु बढ्ने बताएको हो ।
आगामी हप्ता तथा महिनामा अझै धेरै केसहरु र खराब परिस्थितिको सामना गर्नुपर्ने भन्दै यो सुरुवाती मात्र भएको तर अत्तिहाल्नुपर्ने अवस्था भने आइसकेको डा जोस भ्यान्देलियरको भनाइ छ ।
उनले कोरोना भाइरस (कोभिड–१९) विरुद्धको लडाईंमा निजी क्षेत्रसँग सहकार्य गर्नुपर्ने बताएका छन् । उनको भनाइ छ,‘कोभिड–१९ को संकटमा सरकारले मात्र सबैकुरा गर्न सक्दैन। यो लडाईंमा निजी क्षेत्रसँग हातेमालो गरेर अगाडि बढ्नुपर्छ ।’

