पोखरामा ५ र नवलपुरमा ६ जना गरी गण्डकीमा ११ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     भाद्र २३ गते २०७७ मा प्रकाशित


पोखरा, २३ भदौ । पोखराका ५ जनासहित नवलपुरका ६ जनामा गरी गण्डकी प्रदेशमा ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले आज मंगलवार बिहान १० बजे जारी विज्ञप्तिअनुसार अनुसार पोखराका ५ जना र नवलपुरका ६ गरी गण्डकी प्रदेशका २ जिल्लामा ११ जना कोरोना संक्रमित थपिएका छन् ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा पोखरा महानगरपालिका वडा १२ का २ जना, १४ का १ जना, १५ का १ जना र २७ का १ जना गरी ५ जनामा कोरोना पुष्टि भएको हो । त्यस्तै चितवन मेडिकल कलेज, चितवनमा गरिएको परीक्षणमा नवलपरासी (ब.सु.पू.) गैंडाकोटका ५ र कावासोतीका १ जना गरी ६ जनासहित गण्डकी प्रदेशमा ११ जनामा कोरोना पुष्टि भएको हो ।

यसैगरी कास्की जिल्लाको अन्नपूर्ण गाउँपालिका १ का ६३ वर्षीया महिलाको भदौ १९ गते कोरोना पुष्टि भई वीरेन्द्र अस्पताल छाउनी उपचारत उनको २१ गते मृत्यु भएको थियो । ब्रेन ट्युमर तथा मिर्गौलामा समस्या रहेको उनको मृत्यु भएसँगै गण्डकी प्रदेशमा मृतकको संख्या २० पुगेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।



Tags: