कोरोना संक्रमणबाट थप ४ जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज १ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

पोखरा, १ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ४ जनाको मृत्यु भएको छ । देशभर आज थप ४ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ३८३ पुगेको छ ।

गत २४ घण्टामा मृत्यु हुनेमा ३ महिला र १ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङका ६४ वर्षीया, चितवनका ३६ वर्षीया र कैलालीका ५७ वर्षीया गरी ३ महिला रहेका छन् ।

यस्तै पुरुषहरुमा काठमाडौंका ८७ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।



Tags: