
फाइल तस्विर
पोखरा, ३ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा ११ जनाको मृत्यु भएको छ । देशभर आज थप ११ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४०१ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा ७ महिला र ४ जना पुरुष रहेका छन् । मृतकमा महिलामा मोरङका ६५ वर्षीया, रौतहटका ५१ वर्षीया, सर्लाहीका ५६ वर्षीया, काठमाडौंका ७७ वर्षीया, ललितपुरका ६८ र ७६ वर्षीया गरी २ जना र मकवानपुरका ३७ वर्षीया गरी ११ महिला रहेका छन् ।
यस्तै पुरुषहरुमा ललितपुरका ६० वर्षीय, काठमाडौंका ७५ वर्षीय, रुपन्देहीका ६९ वर्षीय र बाँकेका ४५ वर्षीय गरी ४ पुरुषको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

