पोखरामा ५ सहित कास्कीका ६ जनामा कोरोना संक्रमण

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ असोज । कास्कीमा थप ६ जनाम कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयको पछिल्लो विवरण अनुसार संक्रमित पोखरा महानगरपालिकाका ५ जना र माछापुच्छ«े गाँउपालिकाका १ जना रहेका छन् ।

क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परिक्षणमा आइतबार बिहान उनीहरुमा कोरोना पोजेटिभ देखिएको निर्देशनालयले जनाएको छ । माछापुच्छे« गाँउपालिका वडा नम्बर ३ का ५७ वर्षिय पुरुष कन्ट्याक ट्रेसिङबाट पहिचान भएको निर्देशनालयले जनाएका छन ।

त्यस्तै पोखरा महानगरका वडा नम्बर १२ का २२ वर्षीय पुरुष , वडा १० का ३६ वर्षीय पुरुष , वडा ८ की १७ वर्षीया महिला, वडा २५ का २६ वर्षीय पुरुष र वडा ५ का ५७ वर्षीय पुरुष रहेका छन् । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८ पुगेको छ ।



Tags: