थप १३२५ जनामा कोरोना संक्रमण, ९६६ जना डिस्चार्ज

-


     मर्दी न्युज    
     असाेज ४ गते २०७७ मा प्रकाशित


पोखरा, ४ असोज । पछिल्लो २४ घण्टामा थप १ हजार ३ सय २५ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६४ हजार १ सय २२ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताए । आइतबारसम्म होम आइसोलेसनमा ८ हजार ४ सय ७ जना उपचाररत छन् भने संस्थागत आइसोलेसनमा ९ हजार ७१ जना रहेको प्रवक्ता गौतमले बताए । यससँगै नेपालमा सक्रिय संक्रमित संख्या १७ हजार ४ सय ७८ जना रहेको छ ।

प्रवक्ता गौतमका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५ सय ८४ जनाको पीसीआर परीक्षण भएको छ । हालसम्म कुल ९ लाख १४ हजार २ सय ९० जनाको पीसीआर परीक्षण भएको छ ।

त्यसैगरी आइतबारसम्म क्वारेन्टाइनमा ७ हजार ४ सय ५१ जना रहेका छन् । पछिल्लो २४ घन्टामा ९ सय ६६ जना निको भएर घर फर्किएका छन् । हालसम्म निको हुनेको संख्या ४६ हजार २ सय ३३ रहेको प्रवक्ता डा गौतमले बताए ।
कोरोना संक्रमणबाट गत २४ घण्टामा १० जनाको निधन भएको मन्त्रालयले जनाएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको कुल संख्या ४ सय ११ पुगेको मन्त्रालयले जनाएको छ ।



Tags: