
पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ८२ पुगेको छ । प्रदेशमा मंगलबार तीन जना संक्रमित थपिएसँगै उक्त संख्या पुगेको हो ।
क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणका क्रममा पर्वतका ३ जनालाई संक्रमण पुष्टि भएको हो ।
संक्रमितहरु जिल्लाको कुश्मा नगरपालिका ७ का १९, २० तथा ३३ वर्षीय ३ जना पुरुष रहेका छन् । उनीहरुको कन्ट्याक्ट ट्रेसिङका आधारमा पहिचान भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जानकारी दिएको छ ।
सबै संक्रमितलाई आईसोलेसन केन्द्रमा लैजाने तयारी भैइरहेको निर्देशक डा. विनोद विन्दु शर्माले जानकारी गराए ।


