
फाइल तस्विर
पोखरा, ६ असोज । नेपालमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट पछिल्लो २४ घण्टामा २ जनाको मृत्यु भएको छ । देशभर आज थप २ जनाको मृत्यु भएसँगै मृतकको कुल संख्या ४२९ पुगेको छ ।
गत २४ घण्टामा मृत्यु हुनेमा १ महिला र १ जना पुरुष रहेका छन् । मृतकमा काठमाडौंका ५० वर्षीय पुरुष र काभ्रेपलाञ्चोकका ५० वर्षीया महिला रहेका छन् ।

