जापानमा २७८ जनामा कोरोना संक्रमण पुष्टि, चार जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २६ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । अक्टोवर १२

जापानमा सोमबार २ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने जनाको मृत्यु भएको छ । २० दिनपछि आज कम संक्रमण भएको हो । यसअघि सेप्टेम्बर २३ मा २ सय १९ जना संक्रमित भएका थिए ।जापानमा हालसम्म कोरोना संक्रमितको संख्या कूल ९० हजार चार सय ८१ जना पुगेको छ । ८९ हजार ७ सय ६९ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी जापानभित्र संक्रमित भएका ८२ हजार १ सय १३ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८२ हजार ७ सय ७२ जना संक्रमित निको भएकाे सञ्चार संस्था एनएचकेले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ४७ जना पुगेको छ । पछिल्लो २४ घण्टामा फुकुसिमा, ओकिनावा, ओसाका र खानागावा प्रान्तमा एक-एकजना गरी चार जनाको मृत्यु भएको छ ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार ५ सय ७० जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४६ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २७ हजार ७ सय ९३, ओसाकामा ११ हजार १ सय ८०, खानागावामा ७ हजार ५ सय ३६, आईचीमा ५ हजार ५ सय ६९, फुकुओकामा ५ हजार १ सय पाँच, साईतामामा ५ हजार ९७ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ३ सय सात, ह्योगोमा २ हजार ९ सय १३, ओकिनावामा २ हजार ७ सय ५४, होक्काईदोमा २ हजार ३ सय ९० र क्योतोमा १ हजार ८ सय ६३ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा ७८ जना र २३ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।