जापानमा थप ५०१ जना कोरोना संक्रमण, चार जनाको मृत्यु

-


     मर्दी न्युज    
     असाेज २७ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान । अक्टोवर १३

जापानमा मंगलबार ५ सय एक जना कोरोना संक्रमित थपिएका छन् भने चार जनाको मृत्यु भएको छ । जापानमा हालसम्म कोरोना संक्रमितको संख्या कूल ९० हजार ९ सय ८१ जना पुगेको छ । जसमा ९० हजार २ सय ६९ जना जापानभित्र संक्रमित भएका हुन् भने ७ सय १२ जना योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका संक्रमित यात्रु हुन् ।
त्यसैगरी जापानभित्र संक्रमित भएका ८२ हजार ६ सय २१ जना र योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका यात्रु ६ सय ५९ जना गरी ८३ हजार २ सय ८० जना संक्रमित निको भएकाे सञ्चार संस्था एनएचकेले जनाएको छ ।
कोरोना संक्रमणबाट मृत्यु हुने संख्या योकोहामास्थित डायमण्ड प्रिन्सेस पानीजहाजका १३ जना सहित १ हजार ६ सय ५१ जना पुगेको छ । पछिल्लो २४ घण्टामा टोकियोमा दुई, चिबा र नागानो प्रान्तमा एक-एकजना गरी चार जनाको मृत्यु भएको छ ।
एनएचकेका अनुसार संक्रमितमध्ये ५ हजार २ सय ४५ जना विभिन्न अस्पतालमा उपचाररत छन् भने १ सय ४८ जनाको अवस्था गम्भीर रहेको छ ।
बढी संक्रमित ११ प्रान्तहरू
राजधानी टोकियोमा संक्रमित संख्या २७ हजार ९ सय ५९, ओसाकामा ११ हजार २ सय ४९, खानागावामा ७ हजार ५ सय ९०, आईचीमा ५ हजार ५ सय ९३, साईतामामा ५ हजार १ सय २७, फुकुओकामा ५ हजार १ सय १२ जना पुगेको छ ।
त्यसैगरी चिबामा ४ हजार ३ सय ३१, ह्योगोमा २ हजार ९ सय २७, ओकिनावामा २ हजार ७ सय ६९, होक्काईदोमा २ हजार ४ सय १० र क्योतोमा १ हजार ८ सय ९२ जना पुगेको छ । कुल ४७ प्रान्त मध्ये सबैभन्दा धेरै टोकियोमा १ सय ६६ जना र २२ प्रान्तमा संक्रमण दर शून्य रह्यो ।