गण्डकीमा थप १ संक्रमितको मृत्यु

-


     मर्दी न्युज    
     कार्तिक ३ गते २०७७ मा प्रकाशित


फाइल तस्विर

गण्डकी प्रदेशमा थप १ जना कोरोना संक्रमितको मृत्यु भएको छ । बागलुङ नगरपालिका १३ की ४८ वर्षीया महिलाको आइतबार साँझ ७ बजे मृत्यु भएको हो । उनको कुश्मा नगरपालिका ५ मा मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । 

निर्देशनालयका अनुसार उनको रिपोर्ट आइतबार पोजेटिभ आएको थियो । ती महिलामा मधुमेहको समस्या थियो । 

योसहित गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५१ पुगेको छ । 



Tags: