
गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५३ पुगेको छ । नवलपुरको गैंडाकोट नगरपालिका १२ का ८५ वर्षे वृद्ध र पोखरा महानगरपालिक ३ का ५६ वर्षिया महिलाको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले मृत्यु पुष्टि गरेसँगै मृतक संख्या ५३ पुगेको हो ।
३० असोजमा मृत्यु भएका उनीहरुको निर्देशनालयले आज सोमबार पुष्टि गरेको हो । ८५ वर्षीय ती वृद्धमा कोभिडसँगै दम र निमोनियाको समस्या रहेको निर्देशनालयले जनाएको छ।
गण्डकीमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेमा कास्कीका १६, नवलपुरका १०, तनहुँका ९, गोरखाका ७, स्याङ्जाका ५, लमजुङ र बागलुङका ३/३, म्याग्दीका १ जना छन् ।


