बालुवाटारमा सुरू भयो नेकपा सचिवालय बैठक

-


     मर्दी न्युज    
     मंसिर १६ गते २०७७ मा प्रकाशित


नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक सुरू भएको छ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा यसअघि दुई अध्यक्षले पेश गरको राजनीतिक प्रस्तावमाथि छलफल हुने बताइएको छ।

यसअघि कात्तिक २८ गते नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले १९ पेजको राजनीतिक प्रस्ताव पेश गरेका थिए। मंसिर १३ गते बसेको बैठकमा प्रधानमन्त्री एवम् नेकपा अध्यक्ष केपी शर्मा ओलीले ३८ पेजको जवाफी प्रस्ताव पेश गरेका थिए।

ओलीले ल्याएको प्रतिवेदनको जवाफमा अध्यक्ष प्रचण्डका मात्रै व्यक्तिगत विषय उठाइएको भन्दै आजको बैठकमा प्रचण्ड लगायतका बहुमत सदस्यले त्यसबारेमा असन्तुष्टि जनाउने भएका छन्।

आजको बैठकमा दुवै प्रतिवेदनमाथि केन्द्रित भएर छलफल हुने र अहिलेको गतिरोध अन्त्यका लागि एउटा निष्कर्ष निकाल्ने प्रयास हुने नेताहरुले बताएका छन्।