
नेपालमा पछिल्लो २४ घण्टामा थप ८९९ जनामा कोरोना पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा देशभरमा ८९९ जनामा कोरोना पुष्टि भएको हो।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ४७ हजार ५९३ पुगेको छ। आज देशभर सक्रिय संक्रमितको संख्या ११ हजार ६७३ रहेको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ३५९ जना निको भएका छन्, योसँगै निको हुनेको संख्या २ लाख ३१ हजार २३१ पुगेको छ।
पछिल्लो २४ घण्टामा १५ जना कोरोना संक्रमितको निधन भएको जानकारी दिएको छ। योसँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ६८९ पुगेको छ।

