
पोखरा, २८ मंसिर । पछिल्लो २८ घण्टामा थप ८३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार १८१ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४८ हजार ४२३ पुगेको छ । पछिल्लो २४ घण्टामा १५०० जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । उनीहरुमध्ये २ लाख ३५ हजार ७३१ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा ९ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ६९८ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १० हजार ९९४ जना सक्रिय संक्रमित छन् ।

