गण्डकी प्रदेशमा आज ८४ जना कोरोना संक्रमित थपिए, २ को मृत्यु

-


     मर्दी न्युज    
     मंसिर २८ गते २०७७ मा प्रकाशित


पोखरा, २८ मंसिर । गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । आइतबार प्रदेशका ८ जिल्लामा ३७५ नमूना परीक्षण गर्दा ८४ जना नयाँ संक्रमित थपिएको प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।

थपिनेमा सबैभन्दा धेरै कास्कीका रहेका छन् । कास्कीमा आज ५४ जना नयाँ संक्रमित थपिएका छन् भने तनहुँका १२ जना रहेका छन् । त्यस्तै बागलुङका ६, लमजुङका ५, स्याङ्जाका ४, गोरखा, पर्वत र म्याग्दीका १/१ जना रहेका छन् ।

यससँगै गण्डकीमा कुल कोरोना संक्रमितको संख्या १३ हजार ३३५ पुगेको छ । तीमध्ये ११ हजार ६ सय ७१ जना निको भएका छन् । प्रदेशमा आइतबारसम्म १ हजार ४ सय ८० जना सक्रिय संक्रमित रहेका छन् ।

यसैगरी गण्डकी प्रदेशमा आज थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । योसहित गण्डकीमा मृतक संख्या १ सय ८४ को पुगेको छ ।



Tags: