
पोखरा, २९ मंसिर । पछिल्लो २८ घण्टामा थप ८२१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५ हजार ४२३ नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।
यससँगै कुल संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ८४२ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । हालसम्म नेपालमा २ लाख ३६ हजार ५७३ जना संक्रमणमुक्त भएका छन् ।
पछिल्लो २४ घण्टामा १८ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार ७१६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
हाल देशभर १० हजार ९५५ जना सक्रिय संक्रमित छन् ।

