
काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपा (प्रचण्ड–नेपाल समूह) ले आज शनिवार दोस्रो चरणको आन्दोलन कार्यक्रम घोषणा गर्दैै छ। यसअघि मंगलबार काठमाडौंसहित देशभर विरोध प्रदर्शन गरेको प्रचण्ड–नेपाल पक्षले अब दोस्रो चरणमा जनपरिचालन अभियान सञ्चालन गरिने बताएको छ।
प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनमा नेपाली कांग्रेसले उक्त समूहलाई साथ नदिने भएपछि नयाँ तरिकाले कार्यक्रम घोषणा गर्ने तयारी भएको बताइएको छ । समूहका प्रवक्ता नारायणकाजी क्षेत्रको संयोजकत्वमा आन्दोलन परिचालन कमिटी बनाएको छ ।
अबको आन्दोलनका कार्यक्रम वडादेखि पालिका, प्रदेश र केन्द्रसम्म जनपरिचालन हुने गरी घोषणा गर्ने तयारी भएको आन्दोलन परिचालन कमिटीका एक सदस्यले बताए ।
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा सर्वोच्च अदालतको संवैधानिक इजलासमा विचाराधीन छ । विभाजित नेकपाको दुबै पक्षले आफू नै आधिकारिक भएको दावी गरिरहेका छन् ।

