जापानमा शनिवार ७७९० जना संक्रमित, ५९ जनाको मृत्यु, ओसाका, ह्योगो र क्योतोमा पनि आपतकाल घोषणा गर्न आग्रह

-


     मर्दी न्युज    
     पुस २५ गते २०७७ मा प्रकाशित


सन थापा,
जापान, जनवरी ९ । जापानमा शनिवार ७ हजार ७ सय ९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या २ लाख ८२ हजार ६ सय ७३ जना पुगेको छ ।

यसैबिच कोरोना संक्रमण तीव्र रूपमा फैलिएपछि ओसाका, ह्योगो र क्योतो प्रान्तका गभर्नरहरूले आपतकाल घोषणा गर्न केन्द्रीय सरकारसँग आग्रह गरेका छन् । शनिवार ओसाकाका गभर्नर हिरोफुमि योशिमुरा, ह्योगोका टोशिजो इजो र क्योतो प्रान्तका गभर्नर थाकातोशी निशिवारीले भिडियो सम्मेलनमार्फत् आपतकाल घोषणा गर्न केन्द्रीय सरकारसँग आग्रह गरेका हुन् । यसअघि गत शुक्रवारबाट टोकियो, खानागावा, साईतामा र चिबा प्रान्तमा सरकारले दोस्रोपटक आपतकाल घोषणा गरेको छ ।

अस्पतालमा भर्ना हुने र गम्भीर बिरामी पनि उच्च रेकर्ड कायम भएको छ ।
संक्रमितमध्ये ५१ हजार १ सय २५ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ भने ८ सय २७ जनाको अवस्था गम्भीर रहेको छ ।

डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित जापानभर मृत्यु हुने संख्या ४ हजार ३५ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।

सबैभन्दा बढी ओसाकामा १०, ह्योगोमा नौ,टोकियोमा आठ, चिबामा पाँच, खानागावा र होक्काईदोमा चाररचार, कुमामोतो, क्योतो र आइचीमा तीनरतीन, मिए, ओईता, यामागाता, हिरोसिमा, गिफु, शिगा, कोचि, सिजुओका, खागावा, ईबाराकी, प्रान्तमा एकरएक ५९ जनाको मृत्यु भएको छ ।

यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख १८ हजार २८ जना कोरोना संक्रमित निको भएका छन् ।

राजधानी टोकियोमा २ हजार २ सय ६८ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ७३ हजार ४ सय ५० जना पुगेको छ भने ६ सय ८२ जनाको मृत्यु भएको छ ।

४७ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । १ सय भन्दा बढी संक्रमित हुने प्रान्तहरू खानागावामा ९ सय ९९, ओसाकामा ६ सय ४७, साईतामामा ५ सय १८, चिबामा ४ सय ७७, आईचीमा ३ सय ८२, फुकुओकामा ३ सय २७, ह्योगोमा ३ सय २४, टोचिगीमा १ सय ३२, क्योतोमा १ सय २६, होक्काईदोमा २ सय १५, सिजुओकामा १ सय १६, इबाराकीमा १ सय नौ, तोचिगी १ सय ३८, कुमामोतो १ सय एक,गिफु १ सय पाँच जना थपिए ।

बढी संक्रमित प्रान्तहरू

ओसाकामा ३३ हजार ९ सय २०, खानागावामा २६ हजार ६ सय १६, आईचीमा १९ हजार ९५,साईतामामा १७ हजार ४ सय १०, होक्काईदोमा १४ हजार ५ सय २९,चिबामा १३ हजार ८ सय १५,ह्योगोमा ११ हजार ८ सय १९,फुकुओकामा ११ हजार ६३, ओकिनावामा ५ हजार ८ सय २९,क्योतोमा ५ हजार ७ सय ९१र हिरोसीमामा ४ हजार १६ जना पुगेको छ ।