
सन थापा,
जापान, ७ माघ । जापानमा बुधबार ५ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योकोहामास्थित डायमण्ड प्रिन्सेस क्रूजका ७ सय १२ जना कोरोना संक्रमितको संख्या ३ लाख ४७ हजार २३ जना पुगेको छ ।
संक्रमणका कारण मृत्यु हुने संख्या डायमण्ड प्रिन्सेस क्रूजका १३ जना यात्रु सहित ४ हजार ७ सय ९२ जना पुगेको सञ्चार संस्था एनएचकेले जनाएको छ ।
ओसाकामा १२, टोकियोमा १०, ह्योगो र खानागावामा नौ/नौ, चिबामा आठ, साईतामामा सात, होक्काईदोमा र तोचिगीमा पाँच/पाँच, हिरोसीमा, फुकुओका र आइचीमा चार/चार, ओकिनावामा दुई, क्योतो, ओईता, मियागी, मियाजाकी, यामागुची, यामानासी, गिफु, एहिमे, सिगा, कुमामोतो, गुन्मा, नागासाकी र आओमोरीमा प्रान्तमा एक/एक जनाको मृत्यु भएको छ ।
यस अवधिमा डायमण्ड प्रिन्सेस क्रूजका यात्रु ६ सय ५९ जना सहित २ लाख ६५ हजार ६ सय ४६ जना संक्रमित निको भएका छन् ।
संक्रमितमध्ये ६९ हजार ३ सय ५२ जनाको उपचार भइरहेको छ भने १ हजार १४ जनाको अवस्था गम्भीर रहेको छ ।
राजधानी टोकियोमा १ हजार २ सय ७४ जना संक्रमित थपिए । यहाँ संक्रमित संख्या ८९ हजार १ सय ८८ जना पुगेको छ भने ६ सय ५१ जनाको मृत्यु भएको छ ।
आज सीमाने प्रान्त बाहेक ४६ ओटै प्रान्तमा संक्रमण पुष्टि भयो । धेरै संक्रमित हुने प्रान्तहरू खानागावामा ७ सय १७, ओसाकामा ५ सय छ, साईतामामा ४ सय ११, चिबामा ३ सय ९७, ह्योगोमा २ सय ९६, फुकुओकामा २ सय ७७, आईचीमा २ सय ४६, होक्काईदोमा १ सय ६४, क्योतोमा १ सय २३, ओकिनावामा १ सय ११ जना थपिए ।
बढी संक्रमित प्रान्तहरू
ओसाकामा ३९ हजार ५ सय ५७, खानागावामा ३५ हजार ५ सय ९४, आईचीमा २१ हजार ९ सय ४२, साईतामामा २१ हजार ९ सय ३५, चिबामा १८ हजार ५ सय ५०, होक्काईदोमा १६ हजार १ सय ९९, ह्योगोमा १४ हजार ४ सय ४६, फुकुओकामा १४ हजार १ सय, क्योतोमा ७ हजार २ सय ५३ ,ओकिनावामा ६ हजार ६ सय ९१ र हिरोसीमामा ४ हजार ५ सय छजना पुगेको छ ।
सोमबार ५६ हजार ९ सय ३६ जनाको पीसीआर परीक्षण गरिएको थियो ।

