फागुन २८ को निर्णयलाई शून्य अवस्थामा पुर्‍याउँ : नेता नेपाल

-


     मर्दी न्युज    
     चैत्र २ गते २०७७ मा प्रकाशित


काठमाडौँ। नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले फागुन २८ को निर्णय खारेज गर्नुपर्ने बताएका छन् । नेता नेपालले एमाले अध्यक्ष एवं प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओली त्यसको लागि तयार नभएको पनि बताएका छन् ।

एमाले शीर्ष नेताहरुबीच सोमबार भएको वार्तामा नेपाल पक्षले अध्यक्ष ओलीले २८ फागुनमा गरेको एकलौटी निर्णय मान्य नहुने भन्दै बैठकपछि नेता नेपालले भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य अवस्थामा पुर्‍याउँ ।’

गत फागुन २८ मा ओलीले आफू पक्षीय नेताहरूको बैठकबाट महाधिवेशन घोषणा, माओवादीका नेताहरूलाई एमाले केन्द्रीय कमिटीमा मनोनयनलगायत निर्णय गरेका थिए।