तमु प्ये ल्हु संघ युकेद्वारा तमु बोनलमलाई सहयोग

-


     मर्दी न्युज    
     चैत्र ३ गते २०७७ मा प्रकाशित


पोखरा, ३ चैत । बोनलमको संरक्षण, सम्बद्र्धन तथा प्रशिक्षणका लागि तमु प्ये ल्हु संघ, युके शाखाले सहयोग रकम हस्तान्तरण गरेको छ । मंगलवार तमु प्ये ल्हु संघमा भएको एक कार्यक्रमका बीच बोनलम केन्द्रीय समितिलाई ८ लाख २६ हजार ६ सय ६० रुपैयाँ हस्तान्तरण गरेको हो ।

यूकेका सल्लाहकारद्वय पितम ल्हों तमु र तमु प्ये ल्हु संघका संस्थापक सदस्यसमेत रहेका ओमप्रसाद क्रोम्छें तमु मार्फत तमु प्ये ल्हु संघ, केन्द्रीय अध्यक्ष हितकाजी टुक्ल्हेप्री तमुको रोहबरमा बोनलमलाई रकम हस्तान्तरण गरेको हो ।

यसैगरी चैत महिनाको पहिलो मंगलवार आज तमु प्ये ल्हु संघमा प्युँरु त्हें (ग्रह शान्तिको पूजा) सम्पन्न गरेको छ ।
प्राचीन युगदेखि तमुहरुले आप्mनो गाउँ बस्तीमा विभिन्न नकारात्मक तत्वहरुबाट सम्पूर्ण तमुहरुलाई मुक्ति दिलाई वस्तुभाउ तथा बालीनालीको संरक्षण र राम्रो उत्पादनको लागि तमु पुरोहितहरु (पच्यु, क्ल्हेप्री र बोन लम)बाट पूजा गर्ने प्रचलन छ ।

सोही अनुरुप हरेक वर्ष संघले चैत र कात्तिकको पहिलो मंगलवार यस प्रकारको पूजा आयोजना गरिंदै आएको छ ।

तस्विरहरुः मिलन क्रोम्छें तमुको सामाजिक सञ्जालबाट