गिलुङ्गका प्राथमिक तहका बालबालिकाहरूलाई शैक्षिक सामाग्री वितरण

-


     मर्दी न्युज    
     चैत्र १५ गते २०७७ मा प्रकाशित


पोखरा । क्व्होलासोथर गाप ९, गिलुङ्गका प्राथमिक तहका बालबालिकाहरूलाई डेमो चिल्र्डेन होमले शैक्षिक सामाग्री वितरण ।

डेमो चिल्ड्रेन होम पोखरा १५ ले लमजुङ जिल्ला क्व्होलासोथर गाउँपालिका – ९ गिलुङ्गस्थित बुद्वोदय माध्यामिक विद्यालयका कक्षा ५ सम्म अध्ययनरत साना विद्यार्थिहरूलाई एक समारोह बीच गत शुक्रवारका दिन तीस हजार बराबरको शैक्षिक सामाग्रीहरू वितरण गरेको हो।

सो कार्यक्रममा कञ्चन बोर्डिङ्ग स्कुल शिसुवाका बालक सुसान तामाङबाट शैक्षिक सामाग्रीहरू वितरण गरिएको थियो ।

शिक्षाका लागि भन्ने उद्देश्यले हरेक वर्ष दुरदराज ग्रामीण भेगका विद्यालयहरूमा गएर शिक्षा सामाग्रीहरू वितरण गर्दै आएको सोही डेमो चिल्ड्रेन होमका प्रबन्ध निर्देशक नोर्बु ह्योल्मोले मर्दी न्युजलाई जानकारी गराए । यस वर्ष कोरोना कहरका कारणले रक्तदान र शैक्षिक सामग्री वितरण गरी दुई पटकसम्म गर्न सकेको पनि बताए ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा सोही विद्यालयका प्रअ भरत दर्जीले भविष्यमा पनि सहयोगको अपेक्षा गर्दै अभिभावकहरूको लागि पनि शिक्षाको महत्व सम्बन्धि सचेतना कार्यक्रमको अपेक्षा गरे । सोही विद्यालयका भूपू विद्यार्थी अन्जु ह्योल्मोले आफू विद्यार्थी छँदा साह्रै दुःख पाएको पल पल स्मरण गदै प्राथमिक कक्षाका जेहेन्दार विद्यार्थीहरूलाई आफूले छात्रवृत्तिको निम्ति सहयोग गर्ने प्रतिबद्वता व्यक्त गरे ।

शैक्षिक सामग्री वितरण समारोहमाा शिक्षक विद्यार्थी संघका अध्यक्ष देविलाल सुवेदी र कार्यक्रम संचालक खिमबहादुर विकले शुभकामना तथा धन्यबाद ज्ञापन गरेका थिए ।