एमाले-माओवादी ब्युँताउने फैसलाविरुद्ध प्रचण्ड सर्वोच्चमा

-


     मर्दी न्युज    
     चैत्र १७ गते २०७७ मा प्रकाशित


काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध पुनरावलोकनको निवेदन दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल सर्वोच्च अदालत पुगेका छन् ।

कानुन व्यवसायी र नेकपा एमालेका नेता माधवकुमार नेपाल तथा झलनाथ खनालसहितको छलफलपछि प्रचण्ड पुनरावलोकनमा गएका हुन् । उनीसँगै हरिबोल गजुरेल, कृष्णबहादुर महरा, बर्षमान पुन पनि सर्वोच्च पुगेका छन् ।

न्यायाधीश बमकुमार श्रेष्ठ र कुमार रेग्मीको इजलासले ऋषि कट्टेल नेतृत्वको नेकपालाई मान्यता दिँदै एमाले र माओवादी केन्द्रबीचको एकता बदर गर्ने फैसला गरेको थियो । सो फैसला राजनीतिक भएको भन्दै माओवादी केन्द्र असन्तुष्ट थियो ।

कानुन व्यवसायीहरूले पनि सर्वोच्चको फैसलाबारे पुनरावलोकनमा जान सकिने सुझाव दिएका थिए ।

अध्यक्ष प्रचण्डले सर्वोच्चमा बुझाएको निवेदन: