
काठमाडौँ । प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले अन्तरपार्टी निर्देशन जारी गरेका छन् ।
गत चैत ७ गते बसेको बैठकको निर्णयबारे जानकारी गराउने उद्देश्यले पार्टी अध्यक्ष केपी शर्मा ओलीले २० पन्ने ‘अन्तरपार्टी निर्देशन’ जारी गरेको हो ।
पार्टीमा गुटगत मान्यता नदिने र पार्टीका नाममा कसैले मनपरी गर्न नमिल्ने भन्दै ओलीले पार्टीलाई शुद्धीकरण गर्ने अवसर प्राप्त भएको बताएका छन् । उनले नेता, कार्यकर्तालाई संगठन विस्तारमा केन्द्रित हुन आग्रह गर्दै संघीय संसद् लगायत प्रदेशसभासहित सबै जनप्रतिनिधि निकायमा प्रभावकारी भूमिका खेल्न निर्देशन दिएका छन् ।
त्यस्तै निर्देशनमा पछिल्लो राजनीतिक घटनाक्रम र अदालतका फैसलाहरूका सम्बन्धमा सविस्तार व्याख्या गरिएको छ । यस्तै विभिन्न आन्तरिक आदेश र निर्णयहरूबारे पनि जानकारी गराइएको छ ।

